वायु सेनाका पाइलट रिहा:पाकिस्तानले बुझायो भारतलाई

वायु सेनाका पाइलट रिहा:पाकिस्तानले बुझायो भारतलाई

एजेन्सी- बुधबार नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्तमानलाई पाकिस्तानले रिहा गरिदिएको छ।

पाकिस्तानले शुक्रबार दिउँसो अभिनन्दनलाई इस्लामावादस्थित भारतीय राजदूतावासलाई बुझाएको हो।

अब उनलाई पञ्जावको वगाहा-आरती नाकाबाट भारत ल्याइने छ। भारतीय विदेश मन्त्रालयले अभिनन्दनलाई बिना तामझाम भारत ल्याउने जनाएको छ।

उनी स्थानीय समयअनुसार तीन बजे भारतीय भूमिमा आइपुग्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *