नेपालमा काेराेनाबाट दुई वर्षीया बालिकाकाे मृ’त्यु

नेपालमा काेराेनाबाट दुई वर्षीया बालिकाकाे मृ’त्यु

१८ जेठ, धनगढी । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणकै कारण मृ’त्यु भएको पुष्टि भएको छ ।

बुढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुवासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वारो आउने, बान्ता हुने समस्या थियो । नेपाल प्रवेश गरेपछि घुरालसैना माविको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा रहँदा सामान्य औषधि गर्दा पनि सञ्चो नभएपछि १५ गते जिल्ला अस्पताल बाजुरा भर्ना गरिएको थियो ।

आइसोलेसनमा उपचार गर्ने क्रममा शनिबार बिहान करिब २ बजेतिर उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए । डा. बिककाअनुसार अस्पताल ल्याउँदा नै बालिकामा कडा निमोनिया थियो ।

शनिबार बिहान बालिकासँगै आमाबुवाको स्वाब संकलन गरेर धनगढी पठाइएको थियो ।

बालिकासँगै उनकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *