सप्तरीमा संकलित स्वाब अलपत्र

सप्तरीमा संकलित स्वाब अलपत्र

जनकपुरधाम : कोरोना भाइरस परीक्षणका लागि सप्तरीमा संकलित स्वाब अलपत्र परेको छ। धरान, विराटनगर र जनकपुरका प्रयोगशालाले स्वाब लिन नमानेपछि अलपत्र परेको हो।

सप्तरीमा संकलित स्वाब परीक्षण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिँदै आएको थियो। तर, पछिल्लो समय स्वाब लिन मानेको छैन। विराटनगर र जनकपुरका प्रयोगशालाले समेत स्वाब परीक्षण गर्न अस्वीकार गरेको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए। यादवका तीन ठाउँका प्रयोगशालाले स्वाब लिन नमानेपछि २३९ वटा नमुना जिल्लामै अलपत्र परेको छ।

‘शुक्रवार संकलन गरिएको स्वाब तीन दिनदेखि जिल्लामै थन्केको छ,’ उनले भने, ‘धरान, विराटनगर र जनकपुरका ल्याबले स्वाब परीक्षण गर्न मानेन। काठमाडौंको टेकु राष्ट्रिय प्रयोगशालाले पनि स्वाब नपठाउन भनेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *