Rip !मन्त्री अधिकारीकाे पार्थिव शरिरलाई राष्ट्रिय झन्डा ओढाएर सम्मान

Rip !मन्त्री अधिकारीकाे पार्थिव शरिरलाई राष्ट्रिय झन्डा ओढाएर सम्मान

प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई राष्ट्रिय झन्डा ओढाएर सम्मान गरेका छन्। टुँडिखेलमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओलीले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका हुन्। यस अघि राष्ट्रपति विद्यादेवी भण्डारी पनि मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन टुँडिखेल पुगेकी थिइन्।

मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति भण्डारीका साथै सरकारका मन्त्री, उच्च पदस्थ अधिकारी, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा आम सर्वसाधारणसमेत टुँडिखेल पुगेका छन्। हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरिरलाई काठमाडौंको टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जली दिन भीभीआईपी, भीआईपी, आफन्त र सर्वसाधारणसमेत टुँडिखेलमा पुगे ।
टुँडिखेलमा पुगेका सबै शोकमा त थिए नै आफन्तजनको रोदनले वातावरण थप भावुक बन्यो । आफैं भावविह्वल बनेकाहरुले शोकाकुल परिवारका सदस्यलाई सम्हाल्न हम्मेहम्मे परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *