भारतमा कोरोना निरन्तर बढ्दै

भारतमा कोरोना निरन्तर बढ्दै

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणको प्रकोप निरन्तर बढिरहेको छ । त्यहाँ स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार भारतमा कोरोना पुष्टि हुनेको संख्या १ लाख ८१ हजार ८ सय २७ पुगेको छ ।

भारतीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेको आज बिहानसम्मको तथ्यांक अनुसार सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा भारत नवौं स्थानमा पुगेको छ ।

सूचीको पहिलो स्थानमा अमेरिका छ। अमेरिकापछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी, भारत लगायतका देश छन् ।

भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या पनि ५ हजार नाघेको छ । आइतबार बिहानसम्म त्यहाँ ५ हजार १ सय ८५ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, भारतमा ८६ हजार ९ सय ३६ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा पनि १ हजार ४ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये २ सय १९ जना संक्रमणमुक्त भइसकेका छन् भने ७ जनाको मृ’त्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *