संसदमा पेस भयाे संविधान संशोधन विधेयक

संसदमा पेस भयाे संविधान संशोधन विधेयक

संविधान संशोधन विधेयक संसदमा पेस गर्न सभामुख अग्नि साप्कोटाले अनुमित दिएका छन् । ‘कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेलाई नेपालको संविधान २०७७ लाई प्रस्तुत गर्न अनुमति माग्न प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिन्छु’ उनले भने ।

सभामुखको अनुमतिलगत्तै कानुनमन्त्री तुम्बाहाङ्फेले उक्त विधेयक पेस गरेकी छन्। ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु’ मन्त्री तुम्हामले भनिन् । त्यसलग्तै दोस्रो संशोधन प्रस्तावमा विरोधको सूचना प्राप्त नभएकाले उक्त विधेयकमाथि छलफल गर्न बैठकको अनुमति प्राप्त भएको सभामुख साप्कोटाले घोषणा गरेका छन् ।

यसअघि बुधबारको प्रतिनिधिसभाका लागि सम्भावित कार्यसूचीमा परेको संविधान संशोधन विधेयक पेस गर्ने कार्यक्रम प्रतिपक्षी कांग्रेसले उक्त विषयमा केन्द्रीय समितिबाट निर्णय गर्ने भनेर समय मागेपछि कार्यसूचीमा चढेको थिएन । कांग्रेसले शनिबार संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै विधेयक संसदमा पेस भएको हो ।

संविधान संशोधन भएसँगै भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र समेटिएको नेपालको नक्सा निसान छापमा राखिनेछ । भारतले लिपुलेकमा सडक निर्माण गरेपछि सरकारले तीनवटै क्षेत्र समेटेर नक्सा जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *