स्वास्थ्य स्वयंसेविकाहरुलाई यातायात खर्च दोब्बर

स्वास्थ्य स्वयंसेविकाहरुलाई यातायात खर्च दोब्बर

काठमाडौँ — सरकारले स्वास्थ्य स्वयंसेविकाहरुलाई यातायात खर्च दोब्बर दिने जनाएको छ । बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले स्वयंसेविकाहरुको निःशुल्क स्वास्थ्य बीमालाई निरन्तरता दिँदै यातायात खर्च दोब्बर बनाइने बताए ।

उनले स्वयंसेविकाहरुलाई स्थानीय तहमा सरसफाइ, स्वास्थ्य सचेतनाको परिचालन गरिने बताए । हाल नेपालमा ५२ हजारको हाराहारीमा स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *