स्मरण गरौ यति ठुलो योगदान थियो मन्त्री अधिकारीको: यातायातमा छुट पाउछन, उनकै कारण

स्मरण गरौ यति ठुलो योगदान थियो मन्त्री अधिकारीको: यातायातमा छुट पाउछन, उनकै कारण

२०५६ सालतिर सार्वजनिक यातायातमा विद्यार्थीलाई सहुलियतको माग गर्दै देशभर आन्दोलन चर्कियो । विद्यार्थीलाई सार्वजनिक क्षेत्रमा ५० प्रतिशत छुट हुनुपर्ने माग गर्दै भएको आन्दोलनले गाउँगाउँसम्मका तरंग ल्यायो । ठूलो संख्यामा विद्यार्थी समाहित आन्दोलनको मुख्य अगुवा थिए, रविन्द्र अधिकारी । आन्दोलनले चर्को रुप लिँदै गएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले विद्यार्थीसँग सहमति गर्‍यो । ५० प्रतिशत होइन, सार्वजनिक क्षेत्रमा विद्यार्थीलाई ३३ प्रतिशत छुट दिने तत्कालीन सरकारले निर्णय गर्‍यो ।

आन्दोलनसँगै रविन्द्र चर्चामा मात्र आएनन्, समग्र विद्यार्थी आन्दोलनको रोलमोडल बने । ‘विद्यार्थीका निम्ति त्यो आन्दोलन ऐतिहासिक र ठूलो उपलब्धीपूर्ण थियो,’ त्यसबेला नेपाल विद्यार्थी संघको नेता रहेका कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल सम्झन्छन्, ‘विद्यार्थी नेता भनेको रविन्द्र अधिकारीजस्तो हुनुपर्छ भन्ने थियो । हामी उहाँलाई विद्यार्थीको रोलमोडल मान्थ्यौं ।’

अहिले सार्वजनिक यातायातमा कार्ड देखाएर छुट पाउँदा रविन्द्रकै अनुहार सम्झन्छन् विद्यार्थी प्रकाश अधिकारी । ‘क्याम्पस जाँदा-आउँदा कार्ड देखाएर छुट पाउँदा खुसी मिल्छ र अनुहारमा झल्किने त्यो हाँसोमा तपाईं हुनुहुन्छ रविन्द्र दाइ,’ अधिकारी भन्छन्, ‘त्यो आन्दोलन नभएको भए थोरै छुटले पनि विद्यार्थीको जीवनमा कति ठूलो अर्थ राख्छ भन्ने कहिल्यै थाहा पाउने थिएनौं ।’ साभार : अनलाईन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *