हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सात जनामध्ये २ जनाको पहिचान

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सात जनामध्ये २ जनाको पहिचान

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सात जनामध्ये २ जनाको शव मात्र पहिचान भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरे बाहेक अन्य ५ जनाको शव पहिचान गर्न कठिनाई भएको हो ।

घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीको शव पूर्ण रुपमा जलेका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

घटनामा ज्यान गुमाएका ७ जनाकै शव बिहीबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं ल्याइएको छ । सेनाको एमआई १७ हेलिकोप्टरमार्फत ती शवहरु ल्याइएको हो ।

शरीर पूर्ण रुपमा जलेका कारण अन्यको पहिचान हुन नसकेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *