ललितपुरका एक पुरुषको कोरोनाभाइरसका कारण मृ’त्यु भएको छ। प्रहरी उच्च स्रोतले उनको कोरोनाभाइरसका कारण मृत्यु भएको पुष्टि गरेको छ ।
मृ’तक ललितपुरको भैंसेपाटीका स्थायी निवासी हुन् ।उनको बुधबार किस्ट अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको र कारोनाको आशंकामा स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर टेस्ट गराउँदा कोरोना पोजेटिभको रिपोर्ट आएको हो । मृ’तक लिभरसम्बन्धी रोगबाट ग्रस्त थिए ।