मन थामेर पढनुहोस:ज्यान गुमाउनेहरु प्रति सुदुरपश्चिमेलि नेपाली समाज मलेसियाद्वारा शोक बिज्ञाप्ति

मन थामेर पढनुहोस:ज्यान गुमाउनेहरु प्रति सुदुरपश्चिमेलि नेपाली समाज मलेसियाद्वारा शोक बिज्ञाप्ति

१६ फागुन, मलेसिया । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु हुँदा देश नै शोकमा डुबेको छ । लोकप्रिय युवा राजनीतिज्ञ अधिकारीको निधनले धेरैको। मन रुयको छ । निधन हुने सम्पुर्ण प्रति सुदुर पश्चिमेली नेपाली समाज मलेसियाले पनि आफ्नो आधिकारिक फेसबुक मार्फत केन्द्रीय अध्यक्ष समिर मल्लद्वारा लेखित पत्र बाट सम्वेदना प्रकट गरिएको छ । अकल्पनीय, अप्रत्याशित र दुःखद् सो घटनाबाट राष्ट्रलाई अपूरणीय क्षति भएको जनाउँदै  यस घडीमा अत्यन्तै गहिरो दुःख र शोक व्यक्त गर्दै उहाँहरुको आत्माको चिरशान्तिको कामना गरेको छ ।  शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना र सहानुभूति पनि प्रकट गरेको छ ।

मन्त्री अधिकारीको नेतृत्वमा पर्यटन व्यवसायी यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे, हेलिकप्टर चालक प्रभाकर केसीसमेतको टोली तेह्रथुमको चुहानडाँडालगायत पूर्वाञ्चल क्षेत्रमा विमानस्थलको सम्भाव्यता अध्ययन एवं स्थलगत निरीक्षणका लागि त्यसतर्फ गएकामा उहाँहरु सवार एयर डायनेष्टीको हेलिकप्टर अपराह्न दुर्घटनामा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *