सेयर गरौ ! भोलि सरकारले दियो सार्वजनिक विदा

सेयर गरौ ! भोलि सरकारले दियो सार्वजनिक विदा

काठमाडौँ- बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्याटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिइने भएको छ। मन्त्री सहित ७ जनाको निधन भए पछि डाकिएको आकष्मिक मन्त्रिपरिषदको बैठकले मन्त्री अधिकारीलाई राजकीय सम्मान प्रदान गर्ने निर्णय गरेको हो।

साथै सरकारले घटना बारे छानबिन गर्नको लागि ४ सदस्यीय छानविन समिति समेत गठन गरेको छ। सरकार श्रोतका अनुसार पूर्वपर्यटन सचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरिएको हो।

सरकारले मन्त्री अधिकारीको निधनको शोकमा बिहिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। शोक मनाउनको लागि देशभर र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *