दिवंगत पर्यटन मन्त्री रविन्द्र अधिकारीले गरेको अन्तिम सम्बोधन (भिडियोसहित)

दिवंगत पर्यटन मन्त्री रविन्द्र अधिकारीले गरेको अन्तिम सम्बोधन (भिडियोसहित)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी तेह्रथुमको आठराइ चुहानडाँडास्थित थुम्की डाँडामा बन्न लागेको विमानस्थलको अवलोकनका लागि पुगे । उक्त कार्यक्रमलाई सम्बोधन त गरे नै निकै उत्साहका साथ स्थानीयवासीहरूसँग पनि सम्वाद गरे ।

तेह्रथुमको आठराई चुहानडाँडामा रहेको थुम्की डाँडामा एयरपोर्ट निर्माणका लागि स्थलगत निरीक्षण, सम्भाव्यता अध्ययन र स्थानीय सँगको छलफलका लागि मन्त्री अधिकारी पुगेका थिए । उनी चुहानडाँडामा बुधबार बिहान ९:५३ मा पुगेका थिए ।

चुहानडाँडामा स्थानीयले मन्त्री अधिकारीलाई न्यानो स्वागत गरेका थिए । हँसिलो मुहारमा पहिलोपटक चुहानडाँडामा मन्त्री आउँदा आठराई बासिको २०३२ सालदेखिको सपना पुराहुने आसा लिएका थिए । कार्यक्रमको स्टेजमा प्रवेश गर्दै मन्त्री अधिकारीले मौसम अनुकुल नभएकाले कार्यक्रम छिटो गर्ने आयोजकलाई निर्देशन दिएका थिए ।
‘देशैभर बन्द रहेका एयरपोर्टहरू सञ्चालन भइरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलहरू पनि बनाउँदै छौँ’, उनले भने, ‘यहाँ पनि एअरपोर्ट बनाउने हो, म त्यसैका लागि यहाँ आएको छु ।’

मन्त्री अधिकारीले १०:३७ बजेदेखि करिब साढे १० मिनेट सम्बोधन गरेका थिए । सम्बोधनमा मन्त्रीले चुहानडाँडामा एयरपोर्टको सन्दर्भ चलाउन होइन, एयरपोर्ट बनाउन आएको बताउँदै अबको ३ वर्ष भित्रमा एयरपोर्ट बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए । हातमा एयरपोर्टको इस्टमेट र नक्सा देखाउदै मन्त्रीले ८७ करोड लागतमा एयरपोर्ट बन्ने उल्लेख गरेका थिए ।
कार्यक्रम सकेर खाना खाइसकेपछि उनी ताप्लेजुङको पाथिभरा मन्दिर दर्शनका लागि उडेका थिए । तर, मन्त्रीको निधनले सबैलाई स्तब्ध तुल्यायो ।
हेर्नुहोस् मन्त्री रबीन्द्र अधिकारीको अन्तिम सम्बाेधन :

Leave a Reply

Your email address will not be published. Required fields are marked *