Rip Rip. दुखद खबर: हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन (बिबरण)

Rip Rip. दुखद खबर: हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन (बिबरण)

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा उनको निधन भएको हो । गृह सचिव प्रेमकुमार राईले मन्त्रीको निधन भएको पुष्टि गरेका छन् । तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो ।

कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए ।

मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए। हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *