हार्दिक श्रद्धाञ्जली ! हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सबैको निधन

हार्दिक श्रद्धाञ्जली ! हेलिकोप्टर दुर्घटनामा  पर्यटनमन्त्री अधिकारीसहित सबैको निधन

काठमाण्डौ १५ फागुन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।

अधिकारीसहित हेलिकोप्टरमा सवार सबै सात जनाकै मृत्यु भएको गृहसचिव प्रेम राईले बताए । ‘प्रहरी घटनास्थल पुगिसक्यो’, राईले भने ‘मन्त्रीज्यूसहित सबैको दुःखद निधन भयो ।’अधिकारी सवार एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको पाथीभरा क्षेत्रमा दुर्घटनामा परेको थियो ।

रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स
वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण
अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो
युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार
धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण
हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *