एर्पोटका कर्मचारीको ज्यादतीपछि बन्यो यस्तो गीत – भिडियो

एर्पोटका कर्मचारीको ज्यादतीपछि बन्यो यस्तो गीत - भिडियो

विभिन्न समसामयिक बिषयलाई गीतमा ढालेर गाउने एडिसन दर्लामी मगरले फेरी अर्को समसामयिक बिषयमाथि कडा प्रहार गरेका छन् । देश तथा बिदेशमा बिश्वभरी कहाँ के के हुँदैछ आफ्नै सान्दर्भिक शब्दमा गित प्रस्तुत गरेर सामाजिक सन्जालमा छाईरहेका दर्लामीले देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा परदेशमा बर्षौ दुख गरेर फर्केका नेपाली माथि भैरहेको ज्यादती बिरुद्ध कडा ब्यब्ग्य गर्दै गीत गएका छन् । कहिले नेताहरुलाई ब्यङ्गात्मक प्रहार गरेर झक्झकाउने त कहिले जनातालाई चेतनामुलक गित प्रस्तुत गरेर जगाउने काम गरिरहेका हुन्छन । अहिले त्रीभुवन एयर्पोटमा कर्मचारीले बिदेशबाट फर्किंदा आम नेपाली युवाको सामान लुट्ने र सास्ती दिने तितो यथार्थ लाई गित मार्फत प्रस्तुत गरेका छन जुन यसप्रकार छ भिडियो सहित –

पछिल्लो केहि समयदेखि विमानस्थल परदेश बाट फर्केका नेपालीहरुमाथि ठुलो अन्याय भैरहेको कुरा निकै चर्चा र बहसको बिषय बनेको छ । हेरौ कस्तो बनेको छ एयर्पोटमा बिदेशबाट फर्किंदा आम नेपाली युवाको सामान लुट्ने र सास्ती दिने तितो यथार्थमा आधारित रहेर बनाएको गीत ।
– मुख खोलौं बोलौं है अबत
किन हुन्छ सामानको जफत
त्रिभुवन एयर्पोर्टमा
किन पार्छौ ए कर्मचारी
लाखौं श्रमिक हामीलाई चोट मा !
– श्रमिकलाई नै मानेस बिशेष
रेमिटेन्सले धान्याछ यो देश !
– अब लुट्न पाउँदैन ति सामान
रोकौं श्रमिक माथिको अपमान !
– अन्धो सरकार अब त देख्ने गर
यस्ता गतिबिधिलाई रोक्ने गर !

यो पनि :“मुकुन्दे देशको सम्पति हुन” बरु लामिछानेले सुध्रिनु पर्छ – भिडियो
धेरैको आलोचनामा मुछिएका सामाजिक संजालका आलोचित व्यक्ति मुकुन्द घिमिरे मुकुन्देलाई एक युवाले देशको सम्पति भएको बताएका छन् । इन्जीनियरिंग बिषयमा अध्यन गरिरहेका एक युवा तारा प्रसाद पाण्डे मुकुन्देको बिषयमा अरुको भन्दा फरक मत राख्दै आएका छन् । पाण्डेले मुकुन्दे ठिक मात्र भनिरहेका छैनन् मुकुन्दे यो देशको सम्पति हो भनेर तर्क गरिरहेका छन् । भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *