भारतले नेपालको तारिफ गर्दै भन्यो ‘गोर्खालीहरु मृत्यसंग डराउदैनन्(भिडियो)

भारतले नेपालको तारिफ गर्दै भन्यो ‘गोर्खालीहरु मृत्यसंग डराउदैनन्(भिडियो)

नेपालका गोर्खालीको तारिफ गर्दै भारतले दुनियामा गोर्खा जस्तो बहादुर कोही नभएको बताएको छ | गोर्खालीको बहादुरीलाई दुनियाका हरेक शक्तिले पनि प्रसंशा गरेको भारतीय एक युट्युब च्यानलले राखेको भिडियोमा उल्लेख गरेको छ |अहिले भारत र पाकिस्तानबीच तनाब बढिरहदा भारतले गोर्खा माथि नै ठुलो भरोशा राखेको बुझ्न सकिन्छ | भारत पाकिस्थानको सिमानाको पहिलो लाइनमा नेपालका गोर्खालीहरुलाई राखिएको समेत बताइएको छ | निडर भएर दुस्मनको अगाडी लड्न सक्ने गोर्खालीलाई मृत्यु संग कुनै डर नहुने बताउने गरिएको छ | बिभिन्न समयमा भएका युद्धहरुमा गोर्खालीले बिरता पुर्वक युद्ध मैदानमा लडेर बहादुरी देखाउने गरेका छन् | यतिबेला भारतमा मात्र नभएर ब्रिटिस, सिंगापुर लगायतका देशहरुमा पनि गोर्खालीलाई बिशेष रुपमा लिने गरिएको छ |

यो पनि: पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानको सम्प्रभूताको उल्लंघन गरेको बताएका छन् । पाकिस्तानमा सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइएको थियो । प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको सुरक्षा परिषद बैठकपछि भारतले गरेको दाबीलाई खारेज गर्दै पाकिस्तानले भनेको छ, ‘हामीले भारतले बालाकोट नजिकै कथित आतंकी अड्डा नष्ट गरेको र ठूलो क्षति पुर्‍याएको दाबीलाई झुटो भएको स्पष्ट पार्न चाहन्छौँ ।’
पाकिस्तानी विदेश मन्त्री कुरैशी भन्छन्, ‘एक पटक फेरि भारत सरकारले आफ्नो उद्धेश्य पूरा गर्न झुटो तथा मनगढन्त दाबी गरेको छ । आफ्नो घरेलु आवश्यकता पूरा गर्नका लागि भारतले यसो गर्दैैछ । चुनावी माहोलका लागि भारतले क्षेत्रीय सुरक्षा र स्थिरतालाई खतरामा धकेलिदिएको छ ।’ विदेश मन्त्री कुरैशीले प्रधानमन्त्री इमरान खानले सेनाका सबै अंगलाई जुनसुकै परिस्थितिका लागि तयार रहन निर्देशन दिएको पनि बताए । विदेश मन्त्री कुरैशीले भने, ‘यो आक्रमण पाकिस्तानविरुद्ध हो र यसको जवाफ पाकिस्तानले दिनेछ ।’ भारतले मंगलबार बिहान पाकिस्तानी भूमि बालाकोटमा रहेको जैश–ए–मोहम्मदको अड्डामा सैन्य कारबाही गरेर ठूलो क्षति पुर्‍याएको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *