नेपाल कसको पक्षमा?भारत र पाकिस्तानबीच द्वन्द्व हुँदा

नेपाल कसको पक्षमा?भारत र पाकिस्तानबीच द्वन्द्व हुँदा

भारत र पाकिस्तानबीचको द्वन्द्व बढ्ने संकेत देखिएको छ । जम्मू–कश्मीरमा फेब्रुअरी १४ मा ४२ जना सुरक्षाकर्मीको ज्यान जानेगरी भएको आत्मघाती बम विस्फोटमा पाकिस्तानको हात रहेको भन्दै भारतले पाकिस्तानसँग युद्ध नै सुरु गर्ने गरी अभिव्यक्ति दिँदै आएको छ । मंगलबार बिहान मात्रै भारतले जवाफस्वरुप भन्दै पाकिस्तानको भू–भागमा बम खसालेको दाबी गरेको छ । पाकिस्तानले भने भारतीय सैन्य विमानलाई आफ्नो भूमिबाट भगाउन सफल भएको बताएको छ ।

पाकिस्तानले सुरुमा आफूले हमला नगर्ने तर भारतले हमला सुरु गरे त्यसको गतिलो जवाफ दिने अभिव्यक्ति दिँदै आइरहेको छ । मंगलबार दिउँसो पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको सुरक्षा परिषदको बैठकपश्चात पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानी सम्प्रभूतामाथि आक्रमण गरेको बताएका छन् । साथै उनले प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सेनाका सबै अंगलाई जुनसुकै परिस्थितिका लागि तयार रहन निर्देशन दिएको जानकारी पनि दिएका छन् । यसले गर्दा दुवै देशबीच द्वन्द्वले उग्र रुप लिने संकेत देखाएको हो । दुवै देश टसको मस नहुँदा युद्धमा जान्छन् कि भन्ने डरले दक्षिण एसियालाई नै सशंकित बनाएको छ ।

तर नेपाली राजनीतिक विश्लेषक झलक सुवेदी भने दुवै देश अहिले नै युद्धमै गइहाल्ने अवस्था नरहेको बताउनुहुन्छ । ‘दुवै आणविक शक्तिसम्पन्न देश भएकाले एउटाले अर्कोलाई निषेध गरेर हिँड्ने अवस्था छैन । ठूलो युद्ध नै हुन्छ भन्ने देखिन्न’, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *