नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृ’त्यु

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृ'त्यु

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट नेपालमा मृ’त्यु हुनेको संख्या ४ पुगेको औपचारिक रुपमा पुष्टि गरेको छ ।

मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले कलैया ७ बाराका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको बताए । वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत उनको मृ’त्यु ८ दिनअघि अर्थात् जेठ ४ गते भएको थियो । श्वासप्रश्वास, निमोनिया, क्षयरोगलगायतका समस्या लिएर मृ’त्यु भएको ८ दिनपछि कोरोनाको रिपोर्ट पोजिटिभ आएको हो । उनको दाहसंस्कारसमेत गरिसकिएको छ ।

यसअघि सिन्धुपाल्चोकमा १, बाँकेमा १ र गुल्मीमा १ जना मृ’तकमा कोरोना पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *