फेरि भारतले गर्यो पाकिस्तानमाथि यस्तो हमला

फेरि भारतले गर्यो पाकिस्तानमाथि यस्तो हमला

भारतीय वायुसेनाले पाकिस्तान स्वशासित कश्मिरमा हमला सुरु गरेको छ। पुलवामा हमलापश्चात् एकाएक बढेको भारत-पाक तनाबका बिच भारतले सोमबार राति पिअोकेमाथि हवाइ हमला सुरु गरेको हो। पुलवामा हमलाका दोषी भनिएको अातंकी संगठन जैस-ए-मोहम्मदका अड्डा तथा तिनका क्याम्पहरूमा भारतीय सेनाले कारबाही सुरु गरेको भारतीय संञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

सञ्चारमाध्यमहरूले भारतीय वायुसेनाका दर्जन बढी यानहरूले पाकिस्तान अधिकृत कश्मिर क्षेत्रमा १ हजार किलोग्राम भन्दा धेरै बमहरु खसालिएको बताएका छन् । आज बिहान करीब साढे ३ बजेको समयमा भारतले पाकिस्तान अाधारित आतंककारी संस्था बिरुद्ध आक्रमण थालेको बताइएको छ। उता पाकिस्तानी अधिकारीले पनि राती साढे ३ बजेको समयमा आफ्नो आकाशमा भारतीय वायुसेनाका विमानहरू देखिएको बताएको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल अासिफ गफ्फुरले ट्विट गर्दै भारतीय सेनाका वायुयानहरूले सोमबार राती लाइन अफ कन्ट्रोल उलंघन गरेको पुष्टि गरेका गर्दै भारतीय यानहरुले अाफ्नो सिमामा दाखिला भएर कारबाही गरेको बताएका छन्।

उनले ट्विटमा अगाडि भनेका छन् – भारतीय यानहरु हाम्रो सीमामा दाखिला भएर नापाक हर्कत गर्न थालेपछि हामीले जवाफी कारबाही गरेपछि उनीहरू आफ्नो सीमातर्फ फर्किएका छन्।भारतले कश्मिर स्थित पुलवामा केही दिनअघि भएको अातकंकारी हमलाको जिम्मेवार पाकिस्तान भएको भन्दै त्यसको बदला कुटनैतिक र सैनिक स्तरबाट लिने दाबी गर्दै अाइरहेको थियो। यसैबिच पाकिस्तानले पनि भारतले आफूविरुद्ध अबाच्छनीय आरोप र हर्कत गरे आफूपनि चुप लागेर नबस्ने बताएपछि भारत-पाकिस्तान तनाब फेरि चुलिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *