नयाँ गीत: भ्रस्टाचारीलाई त किरा परे हुने हो – भिडियो

नयाँ गीत: भ्रस्टाचारीलाई त किरा परे हुने हो  - भिडियो

गायक पशुपति शर्माको गीत युट्युबबाट हटाएसंगै त्यसको आलोचना देश बिदेशबाट निकै नै भयो । गीतमाथिको प्रतिबन्ध लोकतन्त्र माथिनै प्रश्न भन्ने सम्मका तर्कहरु सामाजिक संजाल तथा अन्य सोसल मिडियाहरुमा समेत प्राथमिकताका साथमा प्रकाशित भएका थिए । तर गीत माथि प्रतिबन्ध लगाएको आरोप लागे पनि सरकारी निकायबाट कुनै प्रकारको दबाब नभएको कुरा स्वयम् गायकले नै बताइसकेका थिए । गायकले नै गीत केहि सब्द संयोजनमा शुझाब आएकोले आफैले हटाएको कुरा सार्वजनिक गरिसकेका छन् । तरपनि सामाजिक संजालमा भने त्यसको बिरोध र बहस भने सकिएन ।

विभिन्न व्यक्तिले यसै बिषयलाई ट्रोल बनाए भने कसैले व्यंग्यात्मक रुपमा गीत गाउदै गायक पशुपति शर्माको समर्थन गरे । गायक शर्माको समर्थनमा बनेका बिभिन्न गीतहरु सामाजिक संजालमा भाइरल भएका छन् । त्यस्तै पुनः अर्को गीत सामाजीक संजालमा निकै भाइरल बनिरहेको छ । गीत समेत गाउन नपाउने देश भन्दै कडा प्रहार गरिएको गीत विभिन्न सामाजिक संजालमा देख्न सकिन्छ । हेरौ यो गीत ।

सामाजिक संजाल फेसबुकमा सापकोटा यदुरामको नामबाट सार्वजनिक छिटै मरे हुनी हो,भर्ष्टचारी लाई त किरा परे हुने हो बोलको रोईला लयमा गाइएको  गीत यस्तो छ ।
लुट कान्छा लुट !ले मेरो मनमा जन्मिएको सिर्जना ।रोईला लयमा !
लेख्न बोल्न गित गाउन नि मान्नु पर्नि डर यमराजको शासन भन्दा के नै फरक छर!
छिटै मरे हुनी हो,भर्ष्टचारी लाई त किरा परे हुने हो।
जे जस्तो लाग्छ त्यस्तै भन्दिनुहोला।,रुममा बसेर यसो ट्राई गर्दै छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *