बधाई ! चीनलाई पराजित गर्दै नेपाल तेस्रो स्थानमा

बधाई ! चीनलाई पराजित गर्दै नेपाल तेस्रो स्थानमा

ईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले पराजित गरेको छ । थाईल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चीनले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ७२ रन बनाउन सक्यो । चीनका लागि झान मेईले सर्वाधिक ३३ रन जोडिन् । यस्तै सियोन झौले १८ रन जोडिन् ।

नेपालकी सिता राना मगरले ३ तथा कृष्ण कुवरले १ विकेट लिईन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ७७ रन बनाएको थियो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन बनाईन् । यस्तै सिता राना मगरले ११ रन जोड्दा बिन्दु रावलले १० रन जोडिन । नेपालकी इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन जोड्दा सरिता मगरले ६ रन बनाईन् । त्यस्तै चीनकी वाङ मेङ र हान लिलीले समान २र२ विकेट लिईन् ।

चीनमाथिको जितसंगै नेपालले ५ बाट ८ अंक जोडे छ । र, नेपालले छनोटको शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम राखेको छ । नेपाल तेस्रो स्थानमा समेत उक्लिएको छ । अबको खेल नेपालले कुवेतसंग बुधबार खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *