दीपक बोहरा,कमल थापा नेतृत्वको राप्रपामा प्रवेश:लोहनी र पशुपतिलाई लाग्यो झट्का

दीपक बोहरा,कमल थापा नेतृत्वको राप्रपामा प्रवेश:लोहनी र पशुपतिलाई लाग्यो झट्का

काठमाण्डौ, १२ कमल थापा नेतृत्वको राप्रपा बिनै प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले पार्टी एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट बनेका राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष दीपक बोहरा कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् ।आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच राप्रपा अध्यक्ष कमल थापाले बोहरासहितका नेताहरुलाई पार्टीमा स्वागत गरे ।

राप्रपामा एकीकृत हुनेमा बोहरासहित कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदीप कुमार उदय, सहायक महामन्त्री विन्दु पहाडी, सहायक महामन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, प्रशिक्षण बिभाग प्रमुख सुरेन्द्र केसी, केन्द्रीय सदस्यहरु सरोज शर्मा, ताहिर अलि, दिलिप बस्नेत, मिना स्वर्णकार, दिपक राई, गंगाराम कलवार लगायत तिन दर्जन केन्द्रीय सदस्य र विभाग र भातृ संगठनका प्रमुखहरु रहेको राप्रपा प्रचारविभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

बोहराले पशुपति शमशेर राणासँग एउटै पार्टीमा विगत २८ वर्षदेखि सहकार्य गर्दै आएका थिए । सम्बद्र्धनवाद राप्रपाको बैचारिक दर्शन हुने, पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति पार्टीको बैचारिक आधारस्तम्भ हुने बोहरा र राप्रपा अध्यक्षबीच समझदारी भएपछि बोहरा राप्रपामा एकीकृत हुन सहमत भएका हुन् ।

यस्तै पार्टीलाई संस्थागत नेतृत्वको मान्यता अनुरुप संचालन गरिने , पार्टी सदस्य र पदाधिकारीहरु सहमतिको आधारमा थप गरिने लगायतका समझदारी पनि बोहरा र थापाबीच भएको छ ।

साथै अध्यक्ष कमल थापाले एकतामा आउन राप्रपा संयुक्तलाई आग्रह गरेका छन् । देशलाई कम्युनिस्ट कब्जाबाट मुक्त गर्न बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई आग्रह गरे ।

थापाले राणा र लोहनीको नाम लिँदै भने, ‘ढिलो नगर्नुस् ।’ राणा, लोहनीसँगै आफूहरु राजनीतिक जीवनको उत्तरार्धमा पुग्न लागेको उनले एकतामा ढिलो नगर्न आग्रह गरे । उनले भने, ‘एकातिर लाखौं कार्यकर्ताको भविश्यको कुरा छ, अर्कोतिर नेपाललाई बचाउन बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति नभई भएको छैन ।’

अहिले ब्रम्हलुट गर्नेहरुले नै विगतका इमान्दारलाई अबमूल्यन गरिरहेको भन्दै उनले गर्दै नगरेको अपराधको भागी हुनुपर्दा इख छैन भनेर राणा र लोहनीलाई प्रश्न गरे । एकताका लागि आफू तयार रहेको भन्दै उनले भने, ‘के गर्नुपर्‍यो रु सबै गर्न तयार छौं । तर, चाँडो एक ठाउँमा बस्ने अवस्था सृजना गरौं ।’

राप्रपा अध्यक्ष थापाले अबको चार वर्षमा राप्रपालाई राप्रपालाई कांग्रेस र कम्युनिस्ट सरह बलियो शक्ति देख्न चाहेको सुनाए । अब हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्रका लागि निर्णायक संघर्ष गर्ने भन्दै उनले त्यसमा एकसाथ हुन आग्रह गरे । उनले भने, ‘सनातन धर्म, राजसंस्थासहितको लोकतन्त्रका निम्ति बन्दुक बोकेर जंगल जाने होइन, जनताको घरदैलोमा जान्छौं ।’ लाईट नेपाल बाट साभार गरेका हु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *