चर्चित अभिनेत्री मनिषा कोइराला बुवा-आमासँगै नेपाल आउने

चर्चित अभिनेत्री मनिषा कोइराला बुवा-आमासँगै नेपाल आउने

नेपालले नयाँ नक्सा जारी गरेपछि त्यसको समर्थन गरेपछि बलिउडकि चर्चित अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया खनिएको छ ।

नेपालले जारि गरेको नेपाली नक्साको समर्थन गरेकी नायिका कोइरालाको भारतमा आ’लोचना भएपनि नेपालमा भने चौतर्फी तारिफ भएको छ । नेपाली छोर्री मनिषाले नेपालको समर्थनमा ट्वीट गरेसंगै देश बिदेशमा रहेका नेपालीले कर्मथलो जहाँ भएपनि मातृभूमि दुखेको बेला सबै एकजुट बन्नु पर्ने संदेश नायिका कोइरालाले दिएको बताएका छन् ।

नेपालको नयाँ नक्सा मन्त्रीपरिषद्ले पारित गरेकोबारे परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले गरेको ट्विटलाई समर्थन जनाउँदै मनिषाले लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरेर नक्सा प्रकाशन गर्ने सरकारको निर्णयको स्वागत गदै सानो देशको स्वाभिमान राखेको प्रतिक्रिया दिएका थिईन् । उनले यो विषयमा नेपाल, भारत र चीनबीच शान्पिूर्ण र सम्मानपूर्वक सम्वाद गर्नुपर्ने पनि स्पष्ट पारेकी थिईन् ।

कोइरालाले यी तीन महान देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्ता हुने आशा गरेका छौं,’ लेखेकी थिइन्। लगत्तै भारतीय मिडियाहरु र त्यहाँका केही मानिसहरुले कोइरालामाथि निकै तल्लोस्तरको टि’प्पणी गरेका थिए।

मनिषाको ट्विट भारतीय मिडियाका लागि असह्य भयो । उनीहरुले उनलाई भारतको खाएर चीनको गाएको पनि आ’रोप लगाए । मनिषामाथि भारतीय मिडियाले तु’च्छ टिप्पणी गरेपछि काठमाडौं र पूरा विश्वभरि छरिएर रहेका नेपालीहरु मनिषाको पक्षमा उभिएर भारतीय मिडियालाई जवाफ फर्काएका थिए । ट्विटरमासमेत मनिषाको पक्षमा नेपालीहरु खरो उत्रिएका छन् ।

मनिषा भने यतिवेला बुवा र आमासँगै भारतको मुम्बईमा छिन् । रिपोर्टर्स नेपालका अनुसार मनिषाका बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइराला गत बैशाख १८ गते नै नेपाल आउने कार्यक्रम थियो । तर, लकडाउन सुरु भएको कारण उनीहरु मुम्बईमै अड्किए । मनिषाका बुवा प्रकाश कोइरालाले दिएको जानकारीअनुसार उनीहरु जतिसक्दो चाँडै नेपाल आउने कार्यक्रम छ । उनीहरुको साथमा छोरी मनिषापनि काठमाडौं आउँदैछिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *