बधाई । हङकङसंग नेपालकाे उत्कृष्ट बलिङ, नेरी थापा लिइन ६ विकेट

बधाई । हङकङसंग नेपालकाे उत्कृष्ट बलिङ, नेरी थापा लिइन ६ विकेट

आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा आज नेपालले आफ्नो चौथो खेलमा हङकङको सामना गरिरहेकाे छ । पहिले फिल्डिङ गरिरहेकाे नेपालले हङकङलाइ दवावमा राखेकाे छ । नेपालकि नेरी थापाले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएकि छिन । ताजा अवस्थामा हङकङले १३ अाेभरकाे खेल सकिदा ६ विकेट गुमाउदै ३५ रन जाेडेकाे छ । ६ वटै विकेट नेरि थापाले लिएकि हुन । ४ अाेभर बलिङ गरेकि नेरीले मात्र ८ रन खर्चेर ६ विकेट लिएकि हुन ।

थाइल्याण्डको एसियन इन्स्टिच्युड अफ टेक्नोलोजीको मैदानमा भैरहेकाे खेलमा नेपालले उत्कृष्ट फिल्डिङ गरेकाे छ । यसअघि तीन खेल खेलिसकेको नेपालले दुई खेलमा जित हात पारेको छ भने एक खेलमा पराजित भएको छ । नेपाल घरेलु टोली थाइल्याण्डसँग ५७ रनले पराजित भएको थियो । नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा मलेसियालाई ३४ रन तथा तेस्रो खेलमा शुक्रबार संयुक्त अरब इमिरेट्स यूएईलाई सात विकेटले पराजित गरेको थियो ।

आगामी टीट्वेन्टी र ५० ओभर क्रिकेटको दुवै विश्वकप खेल्ने झिनो सम्भावना जीवित राख्न नेपाललाई हङकङविरुद्धको खेलमा जितको नतिजा आवश्यक छ । सिंगल राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगिताको शीर्ष स्थानमा रहने एक टोली मात्रै सन् २०२० मा अस्टे«लियामा हुने टीट्वेन्टी र सन् २०२१ मा न्युजिल्यान्डमा हुने ५० ओभर क्रिकेटको दुवै विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिताका लागि छानिनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले २० ओभरको यसै प्रतियोगितालाई टीट्वेन्टी र ५० ओभर क्रिकेटको दुवै विश्वकपको एसियाली छनोट प्रतियोगिता मानेको छ । नेपाललाई अब छनोट निश्चित गर्न आफूले बाँकी सबै खेलमा जित हात पारेर मात्रै पुग्ने छैन, थाइल्यान्डले कम्तीमा एक खेल गुमाएको हुनुपर्नेछ । यो अवस्थामा समेत अंक बराबर हुने भएकाले नेपाल नेट रन रेटमा अघि रहनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *