बाँकेमा आज मात्र २७ जनामा कोरोना संक्रमण

बाँकेमा आज मात्र २७ जनामा कोरोना संक्रमण

काठमाडौं : बाँके जिल्लामा एकैदिन २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जिल्लाको नरैनापुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नरैनापुरको मदरसाका १७ देखि ३२ वर्ष उमेर समूहका ६ जना, नरैनापुर ३, राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १६ देखि ३२ उमेर समूहका १५ जनामा पोजेटिभ देखिएको हो । यस्तै नरैनापुरकै १ मा २२ देखि ५० वर्ष उमेर समूहका ६ जनामा पनि पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या १ सय ४२ पुगेको छ । तीमध्ये २१ जना निको भएर घर फर्किसकेका छन् । भारतसँग सीमाना जोडिएको बाँकेको नरैनापुर प्रदेश ५ मै सबैभन्दा बढी संक्रमित हुने गाउँपालिका बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *