कर तिरेन भन्दै टावर जलाउनु :ठिक कि बेठिक ?

कर तिरेन भन्दै  टावर जलाउनु :ठिक कि बेठिक ?

राजधानीको बल्खु सहित देशका विभिन्न स्थानका एनसेल टावरमाथि आगजनी भएको छ । एनसेलले अदालतको आदेशपछि पनि कर नतिर्दा देशभरका टावरमाथि आगजनी भएका छन् । ललितपुरस्थित नक्खुमा रहेको एनसेलको मुख्यालमा बम पड्किएपछि सुरु भएको टावर जलाउने काम अहिले कन्चनपुर, कास्की हुँदै विभिन्न १७ ठाउँमा टावरहरु जलाइएको छ ।

कञ्चनपुर र कास्कीमा एनसेलका टावरमा शुक्रबार राति आगजनी भएका छन् । यस्तै अछाम, कपिलवस्तु, काभ्रे, र रौतहटमा पनि एनसेलका टावरहरु जलाइएका छन्। ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि अज्ञात समूहले गराएको बम विस्फोटमा घाइते भएकामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
घाइते अन्य दुई जनाको उपचार चलिरहेको छ । प्रहरीका अनुसार घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले शुक्रबार साँझ भएकाे साे बम विस्फोटको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *