पसिना बेच्न सकिन्छ आ’मा होइनः नायिका वर्षा राउत

पसिना बेच्न सकिन्छ आ'मा होइनः नायिका वर्षा राउत

सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेसँगै यतिबेला भारतीय मिडियामा यसलाई लिएर चर्को बहस सुरु भएको छ। भारतीय मिडियाले नेपालको बारेमा बहस छेडिरहँदा नायिका मनिषा कोइरालाको एक ट्विटले त हंगामा नै मच्चायो । यसले, नेपाली कलाकारहरूलाई फेरि एक बनाएको छ ।

नायिका वर्षा राउतले, पसिना बेचेपनि आमालाई बेच्न नसकिने बताएकी छिन् । वर्षाले मनिषा कोइरालाको स्वाभिमानलाई अझै मजबुत बनाउन सबैले साथ दिन जरुरी रहेको पनि उल्लेख गरेकी छिन् । उनले, आफ्नो मातृभूमि र स्वाभिमानप्रतिको हस्तक्षेप कदापि स्वीकार्य नभएको पनि उल्लेख गरेकी छिन् ।

वर्षाले भनेकी छिन्–‘पसिना बेच्न सकिन्छ, आ’मा होइन । मनिषा कोइराला दिदीले आफ्नो आमामाथि हस्तक्षेप सहनु भएन। यसैले उहाँले आफ्नो अपमानसँग नडराई मातृभूमिको सम्मानमा उभिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *