यस्ता जनपक्षीय निर्णय :कांग्रेस रामारोशन गाउँपालिका

यस्ता जनपक्षीय निर्णय :कांग्रेस रामारोशन गाउँपालिका

फागुन ११ अछाम: नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।नेपाली कांग्रेस रामारोशन गाउँ पालिका संयोजक विरेन्द्र शाहको अध्यक्षतामा बसेको वैठकले रामारोशन गाउँ पालिकाबाट विनियोजित योजनाहरुको पार्दशिता नदेखिएको व्यापक जन गुनासो रहेकाले यस बारे पाटीले सबै वडाका योजनाको अनुगमन गरि पाटीको धारणा सार्वजनिक गर्ने ,जयगड देखि रामारोशन गाउँ पालिकामा यातायात क्षेत्रमा मनोमानी ढंगले भाडा असुल गरेर यस क्षेत्रका जनतालाई अार्थिक मार परेकाले तत्काल उचित भाडा दर निर्धारण गर्ने सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने ,यहि फागुन १८ गते पाटी भेला बोलाउनु का साथै क्रियाशील सदस्य सच्याउने लगायतका निर्णय गरेको छ ।

बैठकमा पाटी महासमिति सदस्य अनुराधा स्वार वडा न ७ का वडा अध्यक्ष खडक भण्डारी नेविसंघ जिल्ला सदस्य पुष्प विष्ट दल ब साउद शिक्षक संघ केन्द्रीय प्रतिनिधि काली बुढा लगायत कांग्रेस बाट निर्वाचित जन प्रतिनिधि लगायत नेता कार्याकर्ताको सहभागी ता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *