क्वारेन्टाइनबाट भगाइएका १३ जनालाई प्रहरीको नियन्त्रणमा

क्वारेन्टाइनबाट भगाइएका १३ जनालाई प्रहरीको नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनबाट भगाइएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार संक्रमण पुष्टि भएका उनीहरूलाई नेपालगन्ज ल्याउने तयारी भइरहेको छ ।

नीय नेताहरूको अगुवाइमा एक हजारभन्दा बढीको संख्यामा आएको समूहले संक्रमितहरूलाई दुईवटा क्वारेन्टाइनबाट भगाएको थियो । संक्रमण पुष्टि भएपछि नेपालगन्जबाट एम्बुलेन्स पठाइएको थियो । तर विभिन्न दलको अगुवाइमा आएका स्थानीयले संक्रमितलाई नेपालगन्ज लैजान नदिने अडान राखे । कोही एम्बुलेन्स घेराउ गर्दै सुरक्षाकर्मीसँग विवाद गर्न थाले । त्यही मौकामा केहीले संक्रमितहरूलाई क्वारेन्टाइनबाट भगाएका हुन् । प्रहरीले रातभर खोजी गरेर उनीहरूलाई फेरि नियन्त्रणमा लिएको छ ।

‘क्वारेन्टाइनबाट भागेका संक्रमितहरू कोही रूखमा चढेर लुकेको अवस्थामा भेटिए । कोही नालीमा लुकेका थिए । केही नेपाल–भारत सीमामा पुगेका थिए,’ बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले भने, ‘शनिबार बिहान ४ बजेसम्म खोजेर फेला पार्‍यौं ।ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *