सर्लाही थप १३ जनामा कोरोना

सर्लाही थप १३ जनामा कोरोना

काठमाडौं: सर्लाही थप १३ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ। शनिबार बिहान स्वास्थ्या तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको ३२ जना नयाँ संक्रमितको विवरणमा सर्लाहीका मात्रै १३ जना छन्।

उनीहरु गोडैता र कविलासीका भएका विज्ञप्तिमा जनाइएको छ। उनीहरु सबै दुई साताको बीचमा भारतबाट फर्किएका नागरिक भएको स्थानीय प्रशासनले जनाएको छ।

शनिबार पुष्टि भएकासँगै सर्लाहीमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ। शनिबार पुष्टि भएका १३ मध्ये १२ जनाको गोडैता नगरपालिका र एकजनाको कविलासी नगरपालिका ठेगाना उल्लेख भएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसिले जानकारी दिए।

जिसीका अनुसार कविलासी नगरपालिकाका एक पुरुष र गोडैता नगरपालिकाका १२ गरी जम्मा १३ जना संक्रमित फेला परेका हुन्। उनीहरु सबै विगत दुई साताको बीचमा भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेका प्रजिअ जिसीले बताए।

गोडैताका सबै संक्रमितको स्वाब नगरपालिकामै संकलन गरेर काठमाडौं पठाइएको थियो। कविलासीका एकजनाको स्वाब भने काठमाडौंबाटै संकलन गरिएको हो।

भारतबाट नेपाल आउँदै गरेका उनको टेम्पो दुर्घटनामा परेर खुट्टा भाँचिएको थियो। खुट्टा भाँचिएपछि उनलाई क्वारेन्टाइनमा नराखि सीमाक्षेत्रबाटै उपचारका लागि काठमाडौं लगिएको थियो।

शनिबार संक्रमण पुष्टि भएकाहरु बम्बई, बैंगलोर, गुजरात, हरियाणालगायत स्थानबाट लुकिछिपी नेपाल आएका पाइएको गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *