बम विस्फोटमा गम्भीर घाइते गुरुङको मृत्यु

बम विस्फोटमा गम्भीर घाइते गुरुङको मृत्यु

काठमाडौं।नक्खुस्थित एनसेल मुख्यालयमा शुक्रबार भएको बम विस्फोटमा परी गम्भीर घाइते रहेका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । अज्ञात समूहले शुक्रबार राति करिब साढे ८ बजेतिर नख्खुस्थित एनसेल कार्यालयकाे गेटनेरै बम विस्फोट गराएकाे थियाे । साे घटनामा ३ जना घाइते भएकाेमा गुरुङकाे अवस्था गम्भीर थियाे ।

गुरुङको उपचारका क्रममा मेडिसिटी अस्पतालमा आज बिहान मृत्यु भएको ललितपुर प्रहरीले जनाएकाे छ । बम विस्फाेटमा परी घाइतेका अन्य दुईजना प्रतीक्षा खड्का र अनुषा डंगोलकाे पनि मेडिसिटीमै उपचार भइरहेको छ । बम बिस्फोटकाे घटनालगत्तै प्रहरी परिचालन भएकाे थियाे । सुरक्षागार्डलाई प्रयाेग गरी विस्फोट गराइएकाे हुनसक्ने अाश‌ंकामा अनुसन्धानका लागि साे कार्यालयमा कार्यरत २ जना गार्डलाई नियन्त्रणमा लिइएकाे छ ।

घटनामा उनीहरूको संलग्नता देखिएकाे प्रहरीकाे प्राम्भिक अनुन्धानका क्रममा थाहा हुन अाएकाे प्रहरी स्राेतले जनाएकाे छ । अन्य केही व्यक्ति पनि पक्राउ परेकाे जनाइएकाे छ । सिसिटिभी फुटेज हेर्दा मोटरसाइकलमा आएका केही व्यक्तिहरू गएलगत्तै सुरक्षा गार्डले बम विस्फोट गराएकाे देखिएकाे बताइए पनि उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे छ । पक्राउ परेकाकाे नाम सार्वजनिक गरिएकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *