अत्तरिया र महेन्द्रनगर डिपिएलको उपाधिको लागि भिड्दै

अत्तरिया र महेन्द्रनगर डिपिएलको उपाधिको लागि भिड्दै

क्रिकेटको शहर धनगढी स्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) उपाधिको लागि आज महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरियाबीच भिड्दै छन् । फाईन खेल दिउँसो १२ : ३० पछि सुरु हुने छ । देशकै सर्वाधिक धनराशिको प्रतियोगिता विजेताले रु ३० लाख प्राप्त गर्ने छ भने उपविजेता टोलीले १२ लाख प्राप्त गर्दा तेस्रो भएकोे काठमाडौंले ४ लाख र चौथो स्थान प्राप्त गरेको रुपन्देहीले रु २ लाख पाउने छन् ।

डिपिएल ईतिहासमै पहिलोपटक फाईनल प्रवेश गरेका दुबै टोली पहिलो डिपिएल उपाधिको दाउँमा रहेकाछन् । वर्षाले प्रभावित समुह चरणको खेलमा महेन्द्रनगर युनाईटेडले सिवाईसी अत्तरियालाई ७ विकेटले हराएको थियो । त्यस्तै पहिलो क्वालिफायरमा काठमाडौंलाई ४१ रनले पराजित गर्दै अत्तरिया सोझैं फाइनलमा प्रवेश गरेको थियो । यता एलिमिनेटर खेलमा रुपन्देही च्यालेन्जर्सलाई १ रनले हराउँदै महेन्द्रनगर क्वालिफायरमा प्रवेश गरेको थियो । काठमाडौंले क्वालिफायरनै बहिष्कार गरेपछि महेन्द्रनगरले फाइनलमा मौका पाएको हो ।

यस्तै प्रतियोगिताको मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिईने छ । म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कार प्रदान गरीनेछ । देशभरीका विभिन्न ६ टोलि सहभागी प्रतियोगितामा साविक विजेता धनगढी र विराटनगर किङ्ग्स लिग चरणबाटै बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *