नेपाल-भारत सिमा क्षेत्रमा बसेका ९सय३० जनालाई उद्योग बाणिज्य संघका अध्यक्ष कुँवरको नेतृत्वमा चाउचाउ र पानी बितरण

नेपाल-भारत सिमा क्षेत्रमा बसेका ९सय३० जनालाई उद्योग बाणिज्य संघका अध्यक्ष कुँवरको नेतृत्वमा चाउचाउ र पानी बितरण

कैलाली, जेठ । भारतका विभिन्न सहरबाट लडाउनको कारण नेपाल-भारत सीमा क्षेत्रमा पुगेका ९३० जना नेपाली नागरिकहरुलाई दुर्गा टेड्र्स बाट २१ पेटि चाउचाउ,कैपाल स्टोर बाट १० पेटि चाउचाउ र लाल टेड्र्स बाट २५ पेटि पानी सहयोगमा कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको बिशेष सक्रियतामा चाउचाउ र पानि बितरण गरिएको छ।

कोभिड -१९को कारण लकडाउन हुँदा भारतका बिभिन्न सहरहरुमा अलपत्र परेका नेपाली नागरिकहरु आफ्नो घर नेपाल फर्कनको लागि नेपाल-भारत सीमा क्षेत्रमा पुगेका छन । उक्त सिमामा अलपत्र ९ सय ३० जनालाई नेपालीहरुलाई व्यवसायी पुष्प राज कुँवरको नेतृत्वमा चाउचाउ र पानी गरिएको छ ।

उनिहरुको स्वास्थ्य परिक्षण र तथ्यांक संकलन गरि उनिहरुलाई नेपाल प्रवेश गराउने नेपाल सरकार र स्थानीय सरकार तयारी गरिएको छ । उनिहरु केहि दिन देखि भोकभोकै रहेकाे जानकारी पाए लगत्तै कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष कुँवरले सिमा क्षेत्रमा पुगेर  भोकै नपरुन भन्ने उद्देश्यले चाउचाउ  र पानी वितरण गरिएको कुँवरले जानकारी दिए।

बिहीबार पनि कुवँरले ६ सय नेपाली हरुलाई सिमामै पुगेरचाउचाउ पानि र जुस बितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *