रेडियो जनप्रिय एफएम बन्द गर्ने धम्की

रेडियो जनप्रिय एफएम बन्द गर्ने धम्की

जेठ ९ अछाम
सामाजिक सञ्जालामा स्टाटस लेखेको विषयलाई लिएर रेडियो जनप्रिय एफएम बन्द तथा रेडियो जनप्रिय एफएमका स्टेशन म्यानेजर कुँवरलाई गालिगलौज गरेकोप्रति रेडियो जनप्रिय एफएमले आपत्ति प्रकट गरेको छ ।

सामुदायिक सञ्चार विकास तथा अध्ययन केन्द्रद्धारा सञ्चालित रेडियो जनप्रिय एफएमका अध्यक्ष प्रकाश शाहद्धारा आज जारी गरिएको विज्ञप्तिमा रेडियो जनप्रिय एफएका स्टेशन म्यानेजर तपेन्द्र कुँवरले व्यक्तिगत फेसवुकमा लेखेको स्टाटस्लाई लिएर रेडियो जनप्रिय एफएम बन्द गर्ने र स्टेशन म्यानेजर तपेन्द्र कुँवरलाई गालिगलौज गरेकोप्रति आपत्ति प्रकट गरिएको छ ।

सामाजिक सञ्जालमामा लेखेको स्टाटसका विषयमा लिएर साँफेबगर नगरपालिका वडा नं.३ सिद्देश्वर घर भई हाल जापान बस्दै आएका लोकेन्द जंग कुँवर, वडा नं.३ का पुरन जंग कुँवर र साँफेबगर नगरपालिका वडा नं.१० घुघुरकोट बस्दै आएका ध्रुर्व महताले फेसवुकमा स्टेशन म्यानेजर कुँवरलाई गालीगलौज गरेका थिए ।

स्टेशन म्यानेजर कुँवरले लेखेको स्टाटसले कुनै पार्टी व्यक्तिलाई असर परेमा कानुनी प्रक्रियामा जानुको सट्टा सार्वजनिक सञ्जालमा मानमर्दन हुने गरी चरित्र हत्या गर्नु आपत्तिजनक रहेको विज्ञप्तिमा भनिएको छ । एफएमलाई बन्द गर्ने तथा स्टेशन म्यानेजर कुँवरलाई गालिगलौज गर्ने व्यक्तिलाई कानूनी दायरालाई ल्याई कानुनी कार्वाही गर्न प्रशासन माग गर्दछौ ।

साथै यस्ता व्यक्तिलाई कार्वाहीको लागि नेपाल पत्रकार महासंघ अछाम शाखालाई पनि आग्रह गर्दछौ । भनिएको छ । रेडियो जनप्रिय एफएमले प्रसारण गर्ने कार्यक्रमले जनतालाई सचेत पार्ने काम गर्दै आएको सवैमा सर्व विदित छ । रेडियो जनप्रिय एफएमको लोकप्रियताका कारण केही व्यक्तिको उक्साहटमा रेडियो जनप्रियमाथि प्रहार भएकोमा रेडियो जनप्रिय एफएम आपत्ति प्रकट गर्दछ विज्ञप्तिमा भनिएको छ । साभारः रामारोशन टुडे डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *