सेयर गरौ ,यस्तो के भने ? – गगन थापा

सेयर गरौ ,यस्तो के भने ? - गगन थापा

काठमाडौं।नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले सरकारले गलत उद्धेश्यका साथ सूचना तथा प्रविधिसम्बन्धी विधेयक ल्याएको दाबी गरेका छन् । फेसबुक, ट्वीटरसहितका सामाजिक सञ्जाललाई दर्ता गर्ने कुरा ठीक भए पनि यदि ती प्रविधि कम्पनी नेपालमा दर्ताका लागि आएनन् भने के गर्ने भन्ने कुरा प्रष्ट हुन नसकेको उनले जिकिर गरे ।

‘सामाजिक सञ्जालमा सबैभन्दा बढी मलाई होच्चाइएको होला, तर म आफैँ यसलाई स्वतन्त्र ढंगले चल्न दिनुपर्छ भन्ने पक्षमा छु,’ थापाले भने । उनले सरकारले यो विधेयक राजस्व संकलन गर्ने उद्धेश्य भन्दा नियमनका नाममा अभिव्यक्ति स्वतन्त्रतामा कडाई गर्ने नियतले ल्याइएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ पनि उनले कटाक्ष गर्न भ्याए । ‘प्रधानमन्त्रीले हरेक दिन अरुलाई होच्चाउँदा हुन्छ’, उनले भने, ‘तर त्यसमा टिप्पणी गर्दा जनतालाई कानुनी सजाय दिने प्रस्ताव विधेयकमा राखिएको छ ।’

सांसद थापाले सरकारले ल्याएको विधेयकबाट जनताको मुख थुन्न खोजिएको पनि आरोप लगाए । ‘शाही शासनका बेला राजा ज्ञानेन्द्रले आफ्नो आलोचना बन्द गर्न फोन काटेका थिए’, थापाले भने, ‘तर त्यसले न आलोचना बन्द भयो, न फोन, यो कुरा ख्याल गर्नुहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *