भारतबाट आएका ३०जनालाई साँफेबगर नगरपालिका ११ देविस्थानको क्वारेन्टाइन राखियो

भारतबाट आएका ३०जनालाई साँफेबगर नगरपालिका ११ देविस्थानको क्वारेन्टाइन राखियो

अछाम । भारत बिभिन्न ठाउँबाट अछामको साफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थान वडामा भित्रियका ३० जनालाई क्वारेन्टाइनमा राखेको छ ।

उनीहरु सबैलाई २१ दिनसम्म क्वारेन्टाईनमा राखेर कोरोना परिक्षण पछी मात्र घर पठाईने छ ।

यस्तै बैशाख २७ गते कञ्चनपुरको बेदकोट नगरपालिकाका बाट आएकी एक महिलालाई घर पठाएका छन् । उक्त महिलालाई बैशाख २७ गते देखि क्वारेन्टाइनमा राखिएको थियो ।

स्थानीय स्वस्थ्य चौकीका इन्चार्ज हिमाल जोसी सहितको टोलीले आरडिटी परिक्षण गर्दा नेगेटिभ आएपछि घर पठाईएको हो ।

शुक्रबार मात्र भारतका बिभिन्न स्थानबाट २सय भन्दा धेरै नेपाली नागरिक हरु अछाम भित्रियका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *