बैतडी र डडेलधुरामा पनि पहिलोपटक कोरोना सक्रमण

बैतडी र डडेलधुरामा पनि पहिलोपटक कोरोना सक्रमण

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा कैलाली जिल्लाका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, बाँकेका १४ जना र मोरङका १ जनामा कोरोना संक्रमण देखिएको बताए ।

कैलालीका संक्रमितहरुको उमेर १९, २३ र २६ छ । सबै पुरुष हुन् । उनीहरु सबै सरस्वती मावि क्‍वारेन्टाइन जानकी गाउँपालिकामा रहेका थिए । डडेलधुराका २८ वर्षीय संक्रमित परशुराम–१० डडेलधुराकै हुन् ।

त्यसैगरी बैतडीका २२ वर्षीय पुरुष शिवनाथ –१ बैतडीका हुन् । बाँकेका संक्रमितको उमेर १८ देखि ६१ रहेको छ । १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । मोरङका संक्रमित रतुवामाई–२ मोरङका हुन् । बैतडी र डडेलधुरामा पहिलोपटक संक्रमण देखिएको हो। नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *