नेकपाः दश दिनभित्र प्रतिवेदन तयार पार्न दिएको कार्यदल बिघटन,जिम्मा कस्लाई ?

नेकपाः दश दिनभित्र प्रतिवेदन तयार पार्न दिएको कार्यदल बिघटन,जिम्मा कस्लाई ?

काठमाडौँ, १० । सतारुढ नेकपाको सांगठनिक एकीकरणको निम्ति सुझाव प्रस्तुत गर्न गठित कार्यदल भंग भएको छ।

कार्यदलको म्यादबारे निर्णय लिन प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले कार्यदल भंग गरी बाँकी जिम्मेवारी सचिवालयलाई जिम्मा दिने निर्णय गरेको हो ।

बिहीबार बसेको  संयुक्त बैठकमा  कार्यदलका सदस्यले एक हप्ता म्याद थप्न आग्रह गरेका थिए। तर, सचिवालयले यस विषयमा निर्णय गर्न सकेकाे थिएन।

उसलाई दश दिनभित्र बुझाउन भनिए पनि झन्डै डेढ महिनामा पनि सहमतिको प्रतिवेदन बुझाउन नसकेपछि अपुरो प्रतिवेदन सचिवालयमा बुझाइएको छ।

बिहीबार बसेको कार्यदलसहितको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटनको प्रस्ताव नै गरेका थिए। तर, बहुमत सचिवालय सदस्य कार्यदललाई एक हप्ताको समय दिनुपर्ने पक्षमा उभिएपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो।

शुक्रबारको बैठकले कार्यदल विघटन गरेपछि पार्टी एकताको बाँकी काम सचिवालयले गर्ने र त्यसलाई स्थायी समितिबाट अनुमोदन गराउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समिति बैठकले एकताको बाँकी कामलाई सहज बनाउन सिफारिस सहितको प्रतिवेदन तयार गर्नका लागि कार्यदल गठन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *