कोरोनालाई जितेर आज घर फर्कंदै गरेकी नेपालगन्जकी ७ वर्षीया बालिका

कोरोनालाई जितेर आज घर फर्कंदै गरेकी नेपालगन्जकी ७ वर्षीया बालिका

काठमाडौं: बाँकेकी एक बालिकाले कोरोनालाई जितेकि छिन । कोरोना संक्रमित नेपालगञ्ज ८ बाँकेकि ७ बर्षिया बालिका निको भएर घर फर्किएकी हुन् ।

बालिका संगै=बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । केको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका १२ पुरुष र ९ जना महिला गरी २१ जना निको भएर घर फर्किएका हुन् ।

कोरोनालाई जितेर घर फर्किनेहरुमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरु सहित रहेका छन् । आइसोलेसनमा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घण्टाभित्र दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण निको हुने ७० जना पुगेका छन् । अस्पतालका अनुसार अरु ६ जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *