हामि राष्ट्रिय अखण्डताको पक्षमा छौ,हाम्रो भुभाग कसैलाई पनि लिन दिदैन: सामाजिक अभियन्ता खड्का

हामि राष्ट्रिय अखण्डताको पक्षमा छौ,हाम्रो भुभाग कसैलाई पनि लिन दिदैन: सामाजिक अभियन्ता खड्का

राष्ट्रिय अखण्डता या चुनावी एजेन्डा
अहिले केहिदिन अगाडि देखि देश तातो हुन लागिएको थियो तर यक्कासि रातो भयो । देश भक्ति हो या अन्ध भक्ति जुन रुपमा भयपनि राजनीतिक दलका कार्यकर्ता भारतको बिस्तारवादि नितिको बिरुद्ध रोडमा उत्रिए ।कोहि कालापानी गयर झन्डा गाड्ने पनि तम्सिय भने कसैले खुकुरी देखायर राष्ट्रियता झल्काय ।यकतिर कोराना माहामरिको संकट अर्कोतिर भारतले लिपुलेख र लिम्पियाधुरामा अतिक्रमण गरियको बिरोधमा युवाहरु अान्दोलन ।यकतिर अान्दोलन गर्दा लकडाउनमा बन्धक देश ,नियमको पालना अादि इत्यादि ।यो सिमा सम्बन्धि बिबाद अहिलेको नभयर पुरानै थियो ।

1950 को सन्धिदेखि समस्या कोराना संकटमा अायर बिस्फोट हुने स्थितिमा पुग्यो ।कालापानी मात्रै होइन नेपालको सयौं ठाउमा भारतले अतिक्रमण गरेको छ।नेपालको सिमाना बिस्तारै खुम्चिदै गैरहेको छ भने नेपाली राजनितीको फेरबदल पनि यसैको कारण बनेको छ।सबै अाफ्नो राजनिती स्वर्थ पुर्ति गर्न बेलाबेला राष्टबादको नौटंकि देखाउदै जनअाक्रोसलाई मन्थर पार्नेकाम बाहेक अरु गरेको देखिदैन ।

कुर्चि र सत्तामा टिकिरहन भारतको गुलामी गर्नुपर्ने बाध्यता अहिलेको होइन ।सदियौ देखिको समस्या हो ।भारतमा अंग्रेजी शासकका बेला उतिबेला बिट्रिसहरुको गुलामी पनि गरेकै थिय ।कारण सत्ता र कुर्सी जोगाउने कामबाहेक अरुकुनै चिन्ता अहिले र पहिलेमा खासै फरक देखिदैन ।यो इतिहासलाई कसैले नकार्न सक्दैनन् र यसको निरन्तरता अहलेका सासकहरु गरिरहेका छन।देश र जनताको चिन्ता भन्दापनि सत्ताको र कुर्चिको चिन्ता सबैलाई हुन्छ भन्नेकुरा नेपाली राजनीतिक घटनाक्रमबाट सजिलोसँग बुझ्न सकिन्छ ।मेरो बिचारमा नेपालको नक्सा बढायर समस्याको बैज्ञानिक समाधान निस्केला जस्तो लाग्दैन ।किनकि नक्सा टिस्टा देखि काँकडा सम्म नेपालले पनि बनाउन सक्छ भने भारतले नेपालको नयाँ भुभाग कैलालि,कन्चनपुर ,बाके र बर्दिया समेटेर पनि बनाउन सक्छ ।तर यो समाधान नभयर उल्झिने काम बाहेक अरु फाइदा हुन सक्दैनन् ।

हामि सरकारको निर्णय प्रति खुसि छौ ।पक्कै पनि स्वागत योग्य काम गरियको छ।राजनीतिक नक्सा सार्बजनिक गरेर।तर त्यो निर्णय र साहास गुठि विधेयक लगायत पार्टी फुटाउन पाउने  विधेयक को कुरा राष्टपतिले लालमोहोर लगायर पनि मसि सुक्न नपाउदै फेर्ता लिय जस्तो हुने त होइन नेतृत्वको अदूरदर्शीता माथि संका लागिरहेको छ।साहेद यो अहिलेको नक्सा कतिदिन र सालसम्म टिक्ने हो ? त्यो बिषय प्रमुख छ।हेर्दा हेर्दै कतै पुरानो नक्सा पनि कम नहोस् यहि कामना।अर्को कुरा हामि राष्ट्रिय अखण्डताका पक्षमा छौ।हाम्रो भुभाग कसैलाई लिन पनि दिदैनौ र अरुको भुमिपनि चाहिदैन ।

हामीले जति पायका छौ,हामिसंग जति छ तेतिमै खुसि छौ तर तेसलाइ जोगाउन अगाडि बढौ नकि सत्ता र कुर्चिलाई ।देश बचे पछिपनि सत्तामा बस्न जनताले लाइसेन्स दिनेनैछन ।तेसैले राष्ट्रिय अखन्डताका लागि लडौ राजनिती एजेन्डाको लागि होइन ।कुरो रह्यो समस्या समाधानको यो कुरा नक्सा बढायर होइन दुबै देशबिच चाडो कुटनैतिक पहल बढायर मात्रै सम्भब छ। धन्यवाद जय नेपाल

लेखक:सुदुरपश्चिमेलि नेपाली समाज भारत सचिव हँसराज खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *