खुसीको खबर !थप २१ जना संक्रमित निको भएर फर्किए घर

खुसीको खबर !थप २१ जना संक्रमित निको भएर फर्किए घर

बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको हो ।

कोरोनालाई जितेर घर फर्किनेहरुमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरु सहित रहेका छन् ।

तस्वीर सौजन्य : खगेन्द्र दाहाल/नेपालगञ्ज

आइसोलेसनमा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घण्टाभित्र दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो’ आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश थापाले भने, ‘बाँकी ७ जनाको पनि स्वास्थ्य अवस्था सामान्य नै छ ।

उक्त अस्पतालमा बाँके र बर्दियाका २८ जनाले उपचार गराइरहेका छन् । कोरोना पोजेटिभ देखिंदैमा आत्तिनुनपर्ने र मनोबल उच्च बनाएमा कोरोनालाई जित्न सकिने डा. थापाले बताए ।

प्रदेश ५ मा यसअघि रुपन्देहीका पहिलो कोरोना संक्रमित कोटहीमाइ गाउँपालिकाका २५ वर्षका युवक पनि निको भएर घर फर्किसकेका छन् ।

ती युवा कोरोना अस्पतालमा रहँदा लोकगीतमा नाचेको भिडियो भाइरल बनेको थियो । कोरोना पोजेटिभ देखिए पनि आफूले निको हुन्छ भन्ने आत्मविश्वास लिएको उनले बताएका थिए ।

तस्वीर सौजन्य : खगेन्द्र दाहाल/नेपालगञ्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *