नेपालमा थप ३० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ४८७

नेपालमा थप ३० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ४८७

काठमाडौं : शुक्रबार  थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ। शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो।

शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु,सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *