कपिलवस्तुका दुई पत्रकारमा कोरोना

कपिलवस्तुका दुई पत्रकारमा कोरोना

काठमाण्डाै : नेपालमा थप ३० जनामा काेराेना देखिएकाे छ । शुक्रबार पुष्टी गरेका ३० जना संक्रमितमध्ये कपिलवस्तुका ९ जना रहेका थिए । कपिलवस्तुका ९ जना संक्रमित मध्ये २ जना पत्रकारहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बताएको छ ।

२ जना पत्रकार रहेका कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए । उनका अनुसार उनीहरू बाणगंगा नगरपालिका वडा नं ८ का २४ बर्षीय पुरुष कपिलवस्तु नगरपालिका वडा नं ३ का २९ बर्षीय पुरुष रहेका छन् ।

बाँकी ८ जना संक्रमितमध्ये वाणगंगा नगरपालिका वडा नं ७, ५, १० र ४ का क्रमशः ५३ बर्षीय पुरुष, २७ बर्षीय पुरुष, २५ बर्षीय पुरुष र ८ बर्षीया बालिका रहेका छन्। त्यस्तै मायादेवी गाउँपालिका वडा नं ४ मा ४५ बर्षीय पुरुष र वडा नं ५ मा ३४ बर्षीय र ३६ बर्षीय पुरुषमा संक्रमण भएको पाइएको हो।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र ती सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुले जनाएको छ। हालसम्म कपिलवस्तुमा ६९ जना संक्रमित पुगेका
छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *