नेपाल आइडलको टोली विदेश भ्रमण सकेर आज नेपाल फर्किदै

नेपाल आइडलको टोली विदेश भ्रमण सकेर आज नेपाल फर्किदै

काठमाडाैं । करिब एक महिना लामा विदेश भ्रमण सकेर दोस्रो नेपाल आइडल रवि ओड नेपाल फकिर्दै छन् । आइडल जितेपछि दोस्रो विदेश भ्रमणका क्रममा अस्ट्रेलियाका विभिन्न ठाँउमा आफ्नो प्रस्तुती दिएर बुधबार बेलुका रवि नेपाल फर्किन लागेका हुन् ।

बुधबार दिउंसो उनले आफ्नो फेसबुकमा स्टाटस लेखर आफु सहित आफ्नो टिम अष्ट्रेलियाको सांगितिक यात्रा सकाएर नेपाल फर्किन लागेको जानकारी गराएका छन् । अस्टेलियाका विभिन्न शहरहरुमा सांगित प्रस्तुतीमा साथ दिने र सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । अष्ट्रेलिया टुरमा नेपाल आइडलका रवि सँगै, बिक्रम बराल, सुमित पाठक, अश्मिता अधिकारी, अमित बराल र पवन गिरि रहेका छन् ।

वर्ल्ड टुर अन्तरगत अष्ट्रेलिया दोश्रो टुर हो ।यस अघि टप ५ प्रस्तिस्पर्धिले १० दिने जापान टुर सकाएर स्वदेश फर्किएका थिए । अन्तर्राष्ट्रिय टुरकै क्रममा अष्ट्रेलिया गएका नेपाल आइडल टप ६ को टोलि आज काठमाण्डौ फर्किने भएको छ । जापान पछी अष्ट्रेलियाका विभिन्न कार्यक्रममा सहभागिता जनाएका उनीहरुले कोरियाका बिभिन्न सहरमा भएका कार्यक्रममा पनि आफ्नो प्रस्तुति दिएका थिए । टुरमा नेपाल आइडल रवि ओड सहित बिक्रम बराल, सुमित पाठक, अश्मिता अधिकारी, अमित बराल र पवन गिरि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *