कैलाली, जेठ। कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लक डाउनका कारण भारतका विभिन्न स्थानहरुबाट नेपाल आउन सीमा क्षेत्रमा पुगेका सयौं नेपालीहरुलाई व्यवसायी एवं कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वमा चाउचाउ जुस लगायत बितरण गरिएको छ ।
कोरोना भाईरस अर्थात कोभिड -१९ को कारण लकडाउन हुँदा भारतमा अलपत्र परेका नेपाली नागरिकहरु स्वदेश फर्कन सीमा क्षेत्रमा पुगेका थिए । उक्त सिमामा अलपत्र ६ सय नेपालीहरुलाई व्यवसायी पुष्प राज कुँवरको नेतृत्वमा चाउचाउ र पानी वितरण गर्नुभएको छ ।
सीमा क्षेत्रमा उनिहरुको स्वास्थ्य परिक्षण र तथ्यांक संकलन गरि उनिहरुलाई नेपाल प्रवेश गराउने तयारी गरिएको छ । भारतको मुम्बई र दिल्ली बाट बस रिजर्भ गरेर नेपाल-भारत सीमा नाका गौरीफन्टा डोकेबजार पुगेर भोकभोकै रहेका उनिहरुलाई कैलाली उद्योग बाणिज्य संघ का अध्यक्ष कुँवरको सकृयतामा चाउचाउ पानी र जुस बितरण गरिएको छ ।
यसैअघि पनि कुवँरले कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भारत जानको लागि धनगढी सडकमा अलपत्र परेका भारतीय नागरिकहरुलाई रातिको करिब १ बजे खाना र बस्नको व्यस्थापन गरेका थिए ।