सेयर गरौ! पशुपति शर्माको गीतको बारे आयो सरकारबाट यस्तो जवाफ

सेयर गरौ! पशुपति शर्माको गीतको  बारे आयो सरकारबाट  यस्तो जवाफ

कैलाली, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको गीत युट्युबबाट हटाउन भनेर सरकारले नभनेको स्पष्टिकरण दिएका छन्।

सुदुरपश्चिम प्रदेश सभालाई धनगढीमा बुधबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले गायक शर्माको गीतको प्रसंग उल्लेख गर्दै भने‘ भावनामा बगेर युट्युवमा गीत राखेका रहेछन्, जसका बारेमा सरकारले केही पनि भनेको छैन।’

गत शुक्रबार शर्माले युट्युब मार्फत ‘लुट्न सके लुट कान्छ नेपाल मै छ छुट’ बोलको गीत सार्वजनिक गरेका थिए ।

गीत सार्वजनिक भए लगत्तै सत्तारुढ दल नेकपाको भ्रातृ संगठन युवासंघ नेपालले आपत्ति जनाउँदै युट्युबबाट हटाउन चेतावनी दिएपछि शर्माले शनिबार नै उक्त गीत आफ्नो आधिकारीक च्यानलबाट हटाएका थिए।

शर्माको गीत सरकारको दवावका कारण हटाइएको चर्चा भइरहेका बेला सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले उक्त गीत हटाउन सरकारले कुनै दवाव नदिएको प्रष्ट पारेका हुन् ।

उनले भने ‘सरकारले गीत हटाउन भन्दैन, मात्रै सरकारले के भन्छ भने सुमार्गमा हिँड, सुविचार लिएर अघि बढ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *