सेयर गरौ ! वडा अध्यक्षद्वारा महिलालाई हेलमेट प्रहार पछि

सेयर गरौ ! वडा अध्यक्षद्वारा महिलालाई हेलमेट प्रहार पछि

रुकुम,। आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिबाट एक महिला कुटिएकी छिन् । रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिका वडा नं ११ का वडाअध्यक्षले हेलमेटले हानेर महिलालाई घाइते बनाएका छन् । वडाध्यक्ष जयकुमार बुढाले निर्माणाधीन भवनको चर्पीको विषयमा विवाद हुँदा निर्माण उपभोक्ता समितिकी महिला सदस्य जयपुरी बुढामाथि आक्रमण गरेका हुन् ।

जयपुरी बुढाका भाइ लक्ष्मण बुढा मगरका अनुसार गएको आइतबार बिहान ११ बजे वडाध्यक्ष जयकुमार बुढा र निर्माण उपभोक्ता समिति सदस्य जयपुरी बुढाबीच विवाद भएको थियो । छलफलका क्रममा वडाध्यक्षले एक्कासि हेलमेटले टाउकोमा हानेर घाइते बनाएको लक्ष्मणले बताए । गाउँपालिकाको ५ लाख बजेटमा निर्माण भइरहेको महिला भवनको चर्पीको खाल्डो स्टमेट अनुसार नभएको भन्दै वडाध्यक्षले हातपात गरेको पीडितले बताएका छन् ।

‘वडाध्यक्षको आक्रमणबाट महिलाको टाउकोमा नीलडाम छ, आँखामा समेत असर परेको जयपुरीका भाइ लक्ष्मणले बताए । घाइतेको रुकुमकोटमा रहेको अस्पतालमा उपचार भइरहेको छ ।

वडाध्यक्ष जयकुमार बुढाले प्राविधिक स्टमेटअनुसार महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठाको चर्पी निर्माण गर्नुपर्ने र खाल्डो पनि गहिरो हुनुपर्ने भए पनि त्यसो हुन नसकेकोमा आपत्ति जनाउँदा विवाद भएको तर हातपात नगरेको दावी गरेका छन् । उज्यालोवाट लिएका हु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *