मलेसियामा थप २ सय आप्रवासी नागरिक प’क्राउ

मलेसियामा थप २ सय आप्रवासी नागरिक प'क्राउ

मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेकाे पुरानाे पेतालिङजया स्थित क्वारेन्टाइनमा रहेका थप २ सय जना अबैधानिक हैसियतमा रहेका विदेशी नागरिकहरु पक्राउ परेका छन ।

पक्राउ पर्नेहरुमा  इन्डोनेसियाली, भारतीय, बंगलादेशी र पाकिस्तानी रहेकाे अध्यागमन विभागका महानिर्देशक दातुक खैरुल दाजामे दौडले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएकाे द स्टारले उल्लेख गरेकाे छ ।

मलेसियाका बिभिन्न स्थानमा रहेका अपार्टमेन्ट तथा आवासहरुमा रहेका विदेशीहरुमा काेराेना संक्रमण भेटिएपछि ती क्षेत्रहरु नियन्त्रणमा लिई क्वारेन्टाइनकाे रुपमा सिल गरिएको थियाे । यसअघि पनि करिब १ हजार ७ सय ७३ जना  प’क्राउ परेपनि नेपालीहरु भने प’क्राउ परे ,नपरेकाे बारे खुलेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *