आफ्ना नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै फागुन ८ बन्दको आह्वान

आफ्ना नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै फागुन ८ बन्दको आह्वान

काठमाडौँ – नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाले फागुन ८ गते लुम्बिनी जिल्ला बन्दको आह्वान गरेको छ । आफ्ना नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै फागुन ८ गते लुम्बिनी अन्तर्गत पर्ने जिल्लाहरुमा बन्दको आह्वान गरिएको हो ।गत शुक्रबार नेकपाका लुम्बिनी ब्युरो इन्चार्ज वीरजंगद्वारा जारी प्रेस विज्ञप्तिमा गिरफ्तार गरिएका आफना नेताकार्यकर्ता रिहा नगरिएको भन्दै रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्ली पाल्पा, अर्घाखाँची बन्दको घोषणा गरेका हुन ।

गिरफ्तार हुनेमा नेकपाको अभियानमा सहभागी भएर हिँडेका गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खिमबहादर खडका, अर्घाखाँची सचिवालय सदस्य पिताम्बर पोखरेल र टुकलाल पुन रहेका छन् ।नीहरु सबैलाई सार्वजनिक मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय सन्धीखर्क अर्घाखाँचीमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *